नेपाल र यूएई दुबै टोली उपाधि होडबाट बाहिरिए, समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगे

३ श्रावण २०८०, बुधबार ११:४७

काठमाडौं, ३ साउन – बुधबार (आज) एसीसी इमर्जिङ टिम्स एसिया कपको खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ ।

नेपाली बलर पवन सर्राफले यूएईको दोस्रो विकेट लिएका हुन् । उनले यूएईका अंश टण्डनलाई तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । यससँगै यूएईले १५‍‍.४ ओभरमा ५२ रन बनाएर खेलिरहेको छ ।

यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् ।

आज दिउँसो हुने समूहगत रनको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।