काठमाडौँ, ३ साउन – प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यो सँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ । ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
