अमेरिकी प्रबिधिवाट उत्पादित True me ब्रान्डका उत्पादनहरु अब नेपाली बजारमा

२ श्रावण २०८०, मंगलवार १५:३५

काठमाण्डौ, साउन २ गते– अमेरिकी प्रबिधिवाट उत्पादित True me ब्रान्डका उत्पादनहरु अब नेपाली बजारमा आएका छन् । काठमाडौमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले (True me)का बिभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन ।
विगत ३ महिनादेखि नेपाली बजारमा परिक्षणको रूपमा रहेको शृगारका सामानहरू नेपाली बजारमा सर्वत्र रहेको नेपाली डिलर कम्पनीहरुले जनाएका छन । भारत र चीनमा उत्पादन भएको स्याम्पु, अनुहारमा लगाउने क्रिम, तेललगायत शृगारका विभिन्न सामानहरू नेपाली बजारमा उपलब्ध रहेको डिलर कम्पनीले जनाएको छ । हेयर ट्रिटमेन्ट, स्याम्पु, सिरम, ब्जिस्टर, डेबप्लपर, हेयरस्ट्रेट, हेयर म्याक्स, हेयर रिमुभर म्याक्स र पुरै फेसियलको फुल रेन्ज नेपाली बजारमा पाइन्छ ।

अमेरिकी प्रविधिबाट उत्पादन हेयर केयर प्रोडक्टको नेपाली बजारमा परीक्षण गर्दा सबैको रुचिमा परेको नेपाली बजारमा बिक्री वितरणको जिम्मा लिएका विजय सिंगलले बताए । उनले अहिले नेपालको विभिन्न शहरमा यो प्रोडक्ट बिक्री वितरणका लागि क्षेत्रीय डिलरहरू समेत खोजिरहेको बताए ।

हरेक एरियामा डिलर राख्ने गरी लागि रहेको यो प्रोडक्टहरू अहिले देशव्यापी छ । न्यूरोडको बजारमा सर्वत्र छ । लगभग २५ आइटमको हाराहारीको प्रोडक्ट बजारमा पाइन्छ । नेपालमा truedarma एसी प्रा।ली उत्पादक र आयातकर्ता हो यसका संचालक सुशान्त मुरारका हुन् भने मार्केटिङ Shree khatu shyam enterprises ले गरिरहेको छ ।हेयर केयरको प्रोडक्ट चाइनामा बन्छ भने स्किन केयरको प्रोडक्ट भारतमा बन्ने यी उत्पादनमा सल्फेट र प्याराविन फ्रि छन् । यो उत्पादनको स्याम्पु, नेपाली बजारमा पाइने अन्य प्रोडक्टभन्दा गुणस्तीय भएको कम्पनीको दाबी छ ।