काठमाण्डौ, २ साउन– कांग्रेस महामन्त्री गगन थापाले कांगे्रस केन्द्रीय समितिको बैठक दुई–दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् ।
सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले प्रत्यक दुई महिनामा कम्तीमा एकपटक बैठक बस्नुपर्ने बताएका छन ।
अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो । आफूले तयार पारेको एकवर्षे कार्ययोजना अनुसार गगनले असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव बैठकमा उनल बताएका छन ।
त्यसमध्ये दुई बैठक काठमाण्डौंबाहिर गर्नुपर्ने उनले बताएका छन ।
