१० हजार अमेरिकी डलरसहित एक लेबनान नागरिक विमानस्थलबाट पक्राउ

२ श्रावण २०८०, मंगलवार १४:१०

काठमाण्डौ, २ साउन– प्रहरीले १० हजार अमेरिकी डलरसहित १ जना लेबनान नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रण्मा लिएको छ ।

लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद लाई नियन्त्रण्मा लिएको प्रहरीले बताएको छ । उनी नेपाल एयरलायन्सको उडानद्वारा काठमाण्डौंबाट संयुक्त अरब ईमिरेट्सको दुबई जान लागेका थिए।

उनीबाट अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डिङ ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले बताएको छ।