काठमाण्डौ, २ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
सीताको निधनको सातौं दिन पारेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो ।
श्रद्धाञ्जली सभामा राजनीतिक दलका शीर्ष नेता, सरकारी उच्च पदस्थका व्यक्ति र पार्टी नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
दाहालको ६९ वर्षको उमेरमा बुधवार काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
