काठमाण्डौ, १ साउन– प्रहरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवदह नगरपालिका९८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर रहेका छन । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेको आरोपमा शेरबहादुर राना मगर प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट रानालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिएका छन ।
उनलाई काठमाण्डौमा साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने थापाले जानकारी दिएका छन । रानाले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।
