काठमाण्डौ, १ साउन– प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएका विजय कालीकोटे रहेका छन । १९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा कालीकोटेलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनले त्यस दिन दिउँसो १ः२६ बजे रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन ।
