रास्वपाको अवरोधपछि प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित

३१ असार २०८०, आईतवार १७:११

काठमाण्डौ, ३१ असार– आज अइतबार कसेको प्रतिनिधि सधभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन विधेयक माथिको छलफलका क्रममा रास्वपा र सभामुखका बीचमा विवाद भएको थियो।

रास्वपाले आफ्नो माग सम्बोधन नभएको भन्दै उठेर विरोध सुरु गरिरहँदा सभामुख देवराज घिमिरेले शिक्षामन्त्री अशोक राईलाई समय दिएका थिए।

त्यसपछि रास्वपाले विरोध गर्दै बेल घेर्न आएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।