काठमाण्डौ, ३१ असार– एमाले सांसद गोकुल बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्म्कि समय लिएर उनले यस्तो बताएका हुन ।
उनले भने, ‘हामी समाजवादी हां भन्छौं किसानलाई न्याय दिन्छौं भन्छौं । जसले जमिन जोतिरहको छ । उनीहरुको नाममा दर्ता हुन सकेको छैन ।’ उनले सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा समेत गुठी समस्या रहेको बताएका छन ।
उनले भने, ‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यही छ । बजार बसिसक्यो’ ‘मान्छेले विजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ ।’ उनले अन्यत्र पनि गुठी समस्या रहेको उनले बताएका छन ।
