काठमाण्डौ, ३१ असार– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन ।
आज (आईतबार) सिंहदरबारमा सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ ।’
उनले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने पनि बताएका छन ।
उनले कर्मचारीको काम गर भनेर मात्रै नहुने बताउँदै कार्यदक्षता प्रभावकारी नबनाइ परिणामको अपेक्षा गर्न नहुने बताएका छन ।
