नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

२८ असार २०८०, बिहीबार १७:४८

काठमाण्डौ,२८ असार– गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ ।

आज (बिहीबार) मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन ।

यस्तै आ. व. २०७८ र ७९ र २०७९र८० दुई वर्षमा वार्षिक रुपमा न्युनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आ. व. २०८०र८१ को लागि नवीकरण गर्न आएमा नविकरण गरिदिने गरी बाधा अड्चन फुकाउने आदेश जारी गर्ने निर्णय भएमको उनले बताएकी छन ।

बैठकले पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गा.वि.स – २ स्थित ८९० वर्गमिटर जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले गुजरातमा भारत लगायत विश्वका अन्य विकसित र विवकशील मुलुकहरुको समूह ९जी२०० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा। पकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।