काठमाण्डौ,२८ असार– पहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा केशव तुलाधर रहेका छन ।
काठमाण्डौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले प्रहरीले तुलाधरलाई पक्राउ गरेको प्रहरीले बताएको छ । जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधरलाई राजधानीको सानो भर्योङबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।
काठमाण्डौँको असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।
यसअघि नै जिल्ला अदालत काठमाडौँको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।
