सचिवालय बैठकअघि एमाले अध्यक्ष ओली उपाध्यक्षहरुसँगको छलफलमा

२८ असार २०८०, बिहीबार १३:११

काठमाण्डौ,२८ असार– प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग छलफलको सुरुवात गरेका छन ।

पार्टी नेताहरुको आग्रहअनुसार अध्यक्ष ओलीले सचिवालय बैठक अघि समग्र पार्टीको अवस्था र राष्ट्रिय राजनीतिबारे उपाध्यक्षहरुसँग छलफलपसिछ सचिवालय बैठक बस्ने व्यवस्थाको सुरु गरेका हुन ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन् ‘हामीले धेरै पहिलेदेखि सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग अध्यक्षले छलफल गर्नुपर्छ भनेर भनेका थियौं, अघिल्ला बैठकहरुमा विभिन्न कारणले सम्भव भएन र भ्याइएन पनि’ यसपटकबाट सुरुवात भएको छ ।

अब यो प्रक्रियाले निरन्तरता पाउँछ ।’ अध्यक्ष ओलीले पर्सी असार ३० गते शनिबार सचिवालय बैठक बोलाएका छन् । त्यसअघि हिजो बुधबार र आज बिहीबार अध्यक्ष ओलीले सातै उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । ‘यसपटकबाट सुरुवात भयो ।

३० गतेको सचिवालयअघि हिजो सामान्य कुराकानी भएपनि खासै धेरै छलफल हुन सकेन । आज पुन २ बजेपछि अध्यक्षसँग उपाध्यक्षहरु बसेर छलफल हुन्छ’, शाक्यले भनिन्,‘यसले विसयबस्तु र कतिपय एजेण्डामा बुझाइको एकरुपता ल्याउँछ ।’