मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, १८ सडक ‘वान–वे’

२८ असार २०८०, बिहीबार ११:२८

काठमाण्डौ, २८ असार– सडक विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध बनेको जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेची राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छन् । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।