प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

२७ असार २०८०, बुधबार १५:४२

काठमाण्डौ,२७ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार उपचारको क्रममा प्रधानमन्त्री पत्नी दाहालकोको निधनप्रति दुःख व्यक्त गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु ।

दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’