काठमाण्डौ,२७ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
आज बुधबार पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो।
आज बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।
