काठमाण्डौ,२७ असार– आज बुधबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अब कांग्रेस केन्द्रीय समितिको बैठक २ साउनमा बस्ने भएको छ ।
२ साउनका लागि बैठक तय भएको पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिएका छन । उनले जारी गरेको सूचनामा उल्लेख छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० श्रावण २ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि कांग्रेस बैठक स्थगित भएको हो ।
