काठमाडौं, २७ असार – बहविवाहको आरोमा महोत्तरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको भंगहा नगरपालिका ४ का वडाध्यक्ष गणेश महतो प्रहरीले पक्राउ गरेका हो । वडाध्यक्ष गणेश महतोलाई बहुविवाह आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
वडाध्यक्ष गणेश महतोकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनएको छ । प्रहरीले वडाध्यक्ष महतोलाई मंगलबार बेलुका पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
