हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव भेटियो

२६ असार २०८०, मंगलवार १७:३२

काठमाण्डौ, २६ असार– आज विहान सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मूत्यु भएको ६ जनाकै शव भेटिएको हो । अहिले शवहरु संकलन गरी काठमाण्डौं ल्याउने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जमनकारी दिएका छन ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् ।