ओली बोल्दाबोल्दै एक बालिकाले माइक खोसेपछि…

२६ असार २०८०, मंगलवार १६:०२

काठमाण्डौ, २६ असार– आज (मंगलबार) पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्दै थिए ।

एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा पुगिन् । ती बच्चा मञ्चमा पुगेपछि ओलीले बोल्न रोकेर उनीतर्फ हात फैलाए ।

ती बालिकालाई तानेर आफू छेवैमा राखेका ओलीले बोल्दै गरेको माइक खोसिन् र बोल्न थालिन् । बालिकाले माइक समातेर केहीबेर ‘फु।।फु।।’गरिन् । बालिकाले माइकमा बोलेको भने बुझिएन ।

बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए । ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो ।

मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है ’ ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले । भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’