भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी अभियान भनेर स्टण्टबाजी गर्दैछन्: केपी ओली

२६ असार २०८०, मंगलवार १५:२१

काठमाण्डौ, २६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान भनेर तमासा गरेको बताएका छन ।

आज (मंगलबार) पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारको स्टन्टबाजीमात्रै भएको बताएका छन । उनले भने, ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्रमात्रै हो ।

यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोज्या, त्यहाँ लाग्नेवाला छैन । यिनिहरुले के गर्छन् रु यिनीहरुले भकुण्डो भित्तामा हान्छन् फर्केर आफ्नै टाउकोमा लाग्छ ।

जो भ्रष्ट तत्व छन्, तिनै तत्वहरुले भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् ।’ उनले राष्ट्रिय राजनीतिमा फिल्म हेरे जस्तो अभिनयमात्रै भइरहेको बताएका छ ।