सबै मिलेर सिध्याउन खोज्दा पनि एमाले पहिलो पार्टी बन्यो: केपी ओली

२६ असार २०८०, मंगलवार १५:१५

काठमाण्डौ, २६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै मिलेर एमालेलाई सिध्याउन खोज्दा पनि एमाले चक्रव्यूह तोडेर पहिलो पार्टी बनेको बताएका छन ।

आज (मंगलबार) पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले एमालेलाई सिध्याउँछु भनेर लाग्नेहरु आफै सिधएको बताएका छन ।

उनले भने, ‘हामीले निरंकुश राजतन्त्र देख्यौं । कांग्रेसको बैशको दमनचक्र देख्यौं । यस पार्टीलाई सिध्याउन भनेर देखाइएको जनयुद्ध देख्यौं ।

हाम्रा विरुद्ध चौतर्फी धेराबन्दी र आक्रमण देख्यौं । अहिले सबै सबैलाई पराजित गरेर यहाँ आइपुगेको छौं ।’ उनले शासन फालियो लोकतन्त्र आएपछि कांग्रेस सरकारमा पुग्नेबित्तिकै कम्युनिष्ट पार्टीमाथि प्रतिबद्ध लगाएको पनि बताएका छन ।