काठमाडौं, २६ असार – गत शुक्रबार मृत अवस्थामा भेटिएका दिप्शन प्रधानको व्यक्तिगत रिसिबीको कारण हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
भोजपुर नगरपालिका –१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा दिप्शनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उक्त घटनामा सम्लग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन् ।
घटना असार २२ गते रातीको भएपनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापाका अनुसार घटना २२ गते रातीको भएको र उक्त घटनामा साथी मेरपछि अखुवा खोलामा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ ।
पस्केको भात छोडेर १५ मिनेटमा दाजुले बोलाउनु भएको छ आउछु भनेर शुक्रबार बेलुकी घरबाट हिडेका दिप्सन कहिले घर फर्केनन् । शुक्रबार बेलुका खाना खाना तयारी हुदै गर्दा गाउको दाइले बोलाएको छ्न म एक्छिन भेटेर आउछु है भनेर दिप्सन घर बाट बाहिर निस्किएका थिए । दिप्सन घर एक्छिन ढिलो नआएपछि फोन गर्दा उनको फोन स्विच अफ थियो ।
शनिबार बिहान संगै गएका दाजुहरुसंग दिप्सन कता गयो भनेर सोधिखोजी गर्दा उनि सुन्तले घुम्न गएका छन आउछ्न भनेका थिए। शुक्रबार राती नै उनको जङ्गलमा हत्या गरेर खोलामा लगेर गाडेको अनुमान स्थानियको रहेको छ । उनीसंगै शिकार खेल्न गएका एक जना आफन्तसंग पारिवारिक सम्बन्ध खटपटको कारण दिप्शनक हत्या भएको हुनसक्ने स्थानियले जानकारी दिएका छ्न ।
