मनाङ एयरको हेलिकप्टरमा को–को थिए यात्रु ?

२६ असार २०८०, मंगलवार १२:२६

काठमाण्डौ, २६ असार– सोलुखुम्बुबाट काठमाण्डौँ उडेको मनाङ एयरको हेलिकप्टर जिल्लाकै लम्जुरा क्षेत्रमा दुर्घटना भएको छ । सो विमानमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेको प्रहरीले बताएको छ । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेको प्रहरीले बताएको छ ।

यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन । उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाण्डौँ फर्किँदै थिए ।