रविको प्रश्न: तीन दलमिलेर संसदलाई बन्धक बनाउन मिल्छ ?

२५ असार २०८०, सोमबार १७:१९


काठमाण्डौ, २५ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् ।

आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताएका छन ।

उनले भने, ‘पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैन’ । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन ।

उनले संसद्लाई नेताहरूको जुँगाको लडाई नबनाउन भन्दै उनले मिटरब्याज पीडितका लागि भनेर ल्याएको अध्यादेश अन्तिम दिनमा किन ल्याइयो ? भन्दै प्रश्न गरेका छन ।

उनले भने, ‘ रास्वपा खडा भएको छ । उभिएको छ । बरु अरु कुनै दलका नेता जोगाउन पो लागिरहेको छ कि ?’ । उनले मिटरव्याज सम्बन्धि अध्यादेश ब्युँताउन आग्रह गर्दै रास्वपा त्यसमा तयार रहेको बताएका छन ।