काठमाण्डौ, २५ असार– प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको बैठक सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेलगत्तै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा जारी छ । बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्नेछन् ।
सिंहदरवारमा तीन दलका शीर्ष नेताबीच भएको छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बोल्न दिने सहमति गरेका छन् । यसअघि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्दै आएको थियो ।
उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो ।
