काठमाण्डौ, २५ असार– संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच सिंहदरबारमा भएको छलफल सकिएको छ ।
सिंहदरबारमा भएकमो छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेका थिए ।
बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
