राजनीतिलाई सफा र पारदर्शी बनाउँ भन्दा सहमति जुट्न सकेको छैन: मन्त्री सुशीला सिर्पाली ठकुरी

२५ असार २०८०, सोमबार १२:१९

काठमाडौ, २५ असार – नेकपा (माओवादी केन्द्र) की नेतृ एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छन् ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन् ।

उनले भनिन्, राजनीतिलाई सफा र पारदर्शी बनाउन सहमति जुट्न नसकेको उनले बताइन् । ‘राजनीतिक कहीँ न कहीँ कलंकित हुँदैछ । राजनीतिलाई सफा र पारदर्शी बनाउँभन्दा सहमति जुट्न सकेको छैन । राजनीतिलाई दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ, प्रधानमन्त्रीले १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने अनि राजनीतिमा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ ?’