म आज बाट अपराधी: मेयर बालेन

२४ असार २०८०, आईतवार २०:१८

काठमाडौं, २४ असार– काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालतको तारिखमा रहेको बताएका छन् ।

मेयर शाहले आज (आइतबार) सामाजिक सञ्जालमा एक स्टाटस् पोेष्ट गर्दै उक्त कुराको जानकारी गराएका हुन् । उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा आफूलाई अदालतले अपराधी बनाएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।”