नयाँ शक्तिहरूसँग सहकार्य गर्न चाहन्छौं: बाबुराम भट्टराई

२४ असार २०८०, आईतवार १६:५१


काठमाण्डौ, २४ असार– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पुराना नभइ नयाँ शक्तितिर लाग्ने बताएका छन ।

उनले समाजवादी मोर्चासँग नजोडिएको विषयलाई स्पष्ट पार्दै पुराना शक्ति अर्थात् माओवादी केन्द्रलगायतसँग नजोडिने बताएका छन ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीतिरशक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ।’

उनले आफ्ना धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेकाहरूले आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर प्रश्न गरिरहेको बताउँदै उनले स्पष्ट पार्न आवश्यक भएको बताएका छन ।

उनले संविधान जारी भएपछि उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक रहेको आफूले नै बताएको उनले उल्लेख गरेका छन्।

‘सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमान्दार प्रयत्न हामीले गरेकै हो। त्यसनिम्ति गम्भीर प्रकृतिको वैचारिक९राजनीतिक छलफलको आग्रह पनि गरेकै हो।

परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरूचीरअनिच्छा र खाली तत्कालीन संसदीय अंकगणित प्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनको भनाइ छ।

नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा आफ्नो संलग्नता नरहने भट्टराईको भनाइ छ। उनले यसलाई समाजवादप्रति घात भएको बताएका छन ।

भट्टराईले जनता समाजवादी पार्टी जसमासँग सहकार्य गर्दा आफ्नो छवि धमिलिएको बताएका छन्। त्यसमा आफूले आत्मालोचनासहित त्यलाई सच्याउने काम गरिसकेको उल्लेख गरेका छन्।