काठमाण्डौ, २४ असार– सर्लाहीमा एकै परिवारका दुई दाजुभाइको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका –४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो रहेका छन ।
शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिइ घरबाट खेल्न निस्केका थिए । साँझसम्म घर नफर्किंदा घरपरिवारले खोजबिन सुरु गरेका थिए ।
खोजतलास गर्ने क्रममा राति १२ बजे घरबाट करिब ५०० मिटरमा रहेको बाँके खोलाको तटबन्धका लागि खनेको खाल्डोमा दाजुभाइ फेला प्रहरीले बताएको छ ।
दुवै दाजुभाइलाई डुबेको अवस्थामा फेला पारेर प्रादेशिक अस्पताल मलंगवा पुर्यापउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिएका छन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको उनले बताएका छन ।
