काठमाण्डौ, २४ असार– केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे रहेका छन । अर्याल र घिमिरेलाई काठमाण्डौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन ।
आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाण्डौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख रहेका थिए ।
पूर्वमन्त्री जगत बोगटी ‘टिकिन्छा गुठी’ खडा गरेको आरोपमा सीआईबीको छानबिनमा गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परि सकेका छन ।
त्यस्तै, तत्कालीन नापी कार्यालयमा कार्यरत ९नापी सर्वेक्षक० घमान कुमार कार्की, ‘नक्कली मोही’ बाबुराजा महर्जन र पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ पेरका छन ।
