एसईई परीक्षामा १.६ जीपीए ल्याउने विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन पाउने

२४ असार २०८०, आईतवार १५:४८

आज (आइतबार) कार्यालय प्रमुख जयन्ती सत्यालले एक सूचना जारी गर्दै एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन योग्य मानिने उल्लेख गरेकी छन् ।

काठमाडौं, २४ असार – एसईई परीक्षामा औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गर्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेका छन् ।

सबै माध्यमिक विद्यालय र क्याम्पसहरुलाई औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि ११ कक्षामा भर्ना गराउन बोर्डले अनुरोध गरेको हो ।

आज (आइतबार) कार्यालय प्रमुख जयन्ती सत्यालले एक सूचना जारी गर्दै एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन योग्य मानिने उल्लेख गरेकी छन् ।

सूचनामा भनिएको छ,‘राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पुरा गरी कक्षा ११ मा अध्ययन गर्न माध्यमिक तह कक्षा १० को अन्त्यमा हुने परीक्षा एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु योग्य मानिने निर्णय भएको हुँदा सोही अनुसार कक्षा ११ मा भर्ना गराउन अनुरोध छ ।’