कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिदै

२४ असार २०८०, आईतवार १२:२७

काठमाडौ, २४ असार – गायक तथा कलाकार रोविन तामाङको आज (आइतबार) अन्तेष्टि गरिदै छ ।

कलाकार ताामाङ गत मंगलबार बूढानिलकण्ठ स्थित आफ्नै निवासमा मृत भेटिएका थिए ।उनको पार्थिब शरीरमा आज बिहान श्रद्धाञ्जली अर्पणको लागि शव संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको थियो ।

उनको पार्थिब शरीरमा श्रद्धान्जली अर्पण गर्न आफन्त तथा शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो । उनको शव ११ बजेसम्म राखेर त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा ल्याइएको थियो ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए। उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका छन ।

यस्तै उनले अभिनय गरेको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो। यस्तै हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा अतुलनिय योगदान रहेको छ।