करेन्ट लागेर एक जनाको मृत्यु

२४ असार २०८०, आईतवार १२:००

काठमाण्डौ, २४ असार– धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेका छन ।

आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

स्थानीय सत्यनारायण यादवले राति आफ्नै बोरिङगबाट खेतमा सिँचाइ गरी तार त्यतिकै छाडेर घर गएका थिए । सोही बाटो हुँदै ठाकुर आफ्नो खतेमा जान लागेको बेला नांगो तार भएको ठाउँमा छोएर करेन्ट लागेको स्थानीयले जानकारी दिएका छन ।

तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार रहेको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको र अनुसन्धानका लागि सत्यनारायण यादवको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन ।