सडक दुर्घटना बढेपछि ओलीले भने सूक्ष्म अध्ययन जरुरी देखियो

२४ असार २०८०, आईतवार १०:२४

काठमाण्डौ, २४ असार– दैनिक रूपमा बढिरहेका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् ।

दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थालेको भन्दै ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

‘पछिल्लो तीन महिनामा नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’