नाली खन्ने क्रममा कैलालीको घोडाघोडीमा भेटिएको बिस्फोटक पदार्थ नेपाली सेनाद्धारा निष्क्रिय बनाइयो

२२ असार २०८०, शुक्रबार २०:२८

धनगढी, २२ असार – नाली खन्ने क्रममा कैलालीको घोडाघोडीमा भेटिएको ग्रिनेट जस्तो देखिने बिस्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय बनाइएको छ ।

आज (शुक्रबार) दिउँसो घोडाघोडी नगरपालिका १ को सुखडस्थित इलाका प्रहरी कार्यालय पछाडी नाली खन्ने क्रममा भेटिएको वस्तु सेनाले निष्क्रिय बनाइएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) काली रक्षा गण बडैपुरको बम डिस्पोजल टोलीले उक्त बिस्फोटक पदार्थ निष्क्रिय बनाएको जानकारी दिए ।

उक्त बिस्फोटक पदार्थ धेरै अगाडि जमिनमुनि पुरिएको आशंका गरिएको उनको भनाई छ ।