अर्घाखाँचीको सन्धिखर्कमा खुसीयाली मनाइएको छ । उक्त खुसीयाली मनाउनुको कारण २०७९ को एस.ई.ई.मा गौरीशंकर इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्क १ अर्घाखाँचीका छात्र करन भुसालले ४.०० जिपिए ल्याई नेपाल प्रथम भएका छन् ।
२०७९ को एस. ई.ई. मा सहभागि भई भुसालले ४.०० जिपिए ल्याई नेपाल प्रथम हुन सफल भएको अवसरमा गौरीशंकर इङलिस बोडिङ स्कुल सन्धिखर्कले खुसीयाली मनाउने कार्यक्रम आयोजना गरेको हो ।
आज (शुक्रबार) स्कूलको आयोजनामा एक कार्यक्रमका बिच उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी अभिभावक तथा शिक्षकहरुले स्कुलको ब्यानर सहित खुशीयालीमा बाजाघाजा सहित बजार परिक्रमा गरेर खुसी मनाएका छन् ।
भुसालले २०७९ को एस. ई.ई. मा ४.०० जिपिए ल्याई एक उदाहारण बनेका छन् । गुणस्तरीय शिक्षाको लागि भन्दै अर्घाखाँची छोडेर देशका विभिन्न मुख्य शहरहरुमा जानेहरुलाई उनले चुनौती दिएका छन् । उनी राम्रो शिक्षा प्राप्तीको लागि देशका ठूला शहरमा नगए पनि राम्रो शिक्षा प्राप्त गर्न सकिन्छ भने उदाहरणको पात्र बनेका छन्
उनले यसापालि अर्घाखाँचीबासीहरुको लागि ठूलो खुसी दिएका छन् । यस्तै उनले पढेको स्कुल उत्कृष्ट जिपिए ल्याउने जिल्ला कै प्रथम स्कूल भएको छ।
