एसईईको नतिजा सुधार्दै तीनधारे मा.वि , २०७२ पछिकै उत्कृष्ट नतिजा

२२ असार २०८०, शुक्रबार १८:२९


नुवाकोट , २२ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस पटक नुवाकोटको विदुर नगरपालिका–१२ रहेको श्रि तीनधारे पिपलडांडा मा. वि. ले एसईईको नतिजामामा सुधार ल्याउन सफल भएको छ ।

विगत केही बर्ष यता ओरालो यात्रामा रहेको एसईई नतिजामा यस पटक भने उल्लेखनीय सुधार भएको देखीन्छ । ग्रमीण भेगमा रहेको उक्त सरकारी विद्यालयमा विगत केही बर्ष यता एईईको नतिजा निरन्तर ओरालो यात्रामा रहेको थियो ।

यसपटक उक्त विद्यालयबाट एसईई परिक्षामा कुल २८ विद्यार्थी सहभागी रहेका थिए । जसमा तिन जना विद्यार्थी ए ग्रेड ल्याउन सफल भएका छन । यो नतिजा २०७२ पछिको उत्कृष्ट हो ।

विगतका बर्ष हरुमा एकजनाले मात्र ए ग्रेड प्रप्त गर्ने गरेकोमा यस पटक भने तिन जनाले ए ग्रेड प्रप्त गरेका छन । यस्तै परिक्षमा सहभागी विद्यार्थी मध्य ८ जना विद्यार्थीले बि प्लस , ८ जना बि ग्रेड प्रप्पत गरेका छन ।

बि र बि प्लस जिपिए प्रप्त गर्ने सङ्ख्यामा पनि उल्लेखनीय सुधार भएको हो । विगतका बर्ष हरुमा बढीमा २ देखी ३ ले बि प्लस ग्रेड र ३ देखी ५ ले बि ल्याउने गरेका थिए ।

यस्तै परिक्षमा सहभागी मध्य ४ जनाले सि प्लस र ५ जना सि ग्रेडमा उतिर्ण भएका छन । विगतमा समयमै पाठ्य पुस्तक नपुग्दा, शैक्षिक सामाग्री को अभाव जस्ता यी यावत कारणले गर्दा विगतमा विद्यार्थी हरुले राम्रो ग्रेड प्रप्त गर्न नसककोे प्रध्यानधापक रामहरि रिमालले बताएका छन । सरकारी विद्यालय हरुको खस्कदो नतिजा आईरहेका बेला ग्रमिण भेगमा रहेको यो विद्यालयले भने उल्लेखनीय सुधार गर्न सफल भएको छ ।