काठमाण्डौ, २२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सत्ता स्वार्थको लागि संविधान मिचेको आरोप लगाएका छन ।
आज ९शुक्रबार० एमाले निकट अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्वार्थहरुको कित्ताकाट गरिरहेको बताएका छन ।
उनले भने, ‘अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन । बहुमत नभएका पार्टीहरु एक ठाउँमा मिलेर, स्वार्थ बाँडेर, देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटे झैं राष्ट्रहका हितहरु काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने घीनलाग्दो खेल खेलिरहेका छन् ।
’ ओलीले मरिसकेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरको पनि बताएका छन । उनले विधिसम्मत अगाडि बढाउन आफूहरु तयार हुँदाहुँदै पनि संविधान मिचेको बताएका छन ।
ओलीले भने, ‘सत्ता उन्माद बहुमत आएर धेरै जनताले पत्याएर पनि होइन । गठजोडको अराजनीतिक भागबन्डाको स्वार्थहरुको कित्ताकाटको त्यसैको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा पुगिसकेका छन् ।
मरिसकेको विधेयक मन्त्रिपरिषद्ले प्रमाणीकरण गर्न पठाइयो । सभामुखलाई थाहा छैन ।’ उनले संविधान मिच्न राष्ट्रपति उत्ताउलो बनेको पनि बताएका छन ।
ओलीले कोशीमा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिचेको जिकिर गरे ।
