काठमाण्डौ, २२ असार– कांग्रेस नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति गलत भएको बताएका छन ।
उनले प्रधानमन्त्रीको यस्तो प्रकारको अभिव्यक्तिले जनतालाई पनि ठेस पुगेको बताएका छन । आज शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन ।
उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्यालएको छ ।’ १८ असारमा एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।
उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् ।
