सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

२२ असार २०८०, शुक्रबार १२:३१

काठमाण्डौ, २२ असार– साताको अन्तिम दिन आज शुक्रबार सुन र चाँदीको ओराले लागेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेकोनेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको मुल्य घट्य सँगै आज छापावल सुन प्रतितोला एक लाख १० हजार ६ सय, तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

हिजो (बिहिबार) एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको महासंघले जानकारी दिएको छ ।