काठमाण्डौ, २२ असार– कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने तयारी गरेका छन ।
सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो ।
बहुमत अर्थात् ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद रहेका छन । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई गठबन्धनले सरकार गठनमा प्रयोग गरेको हो ।
गौतमले सरकार गठनको दाबी प्रस्तुत गरिएको पत्रमा छुट्टै हस्ताक्षर गरेका छन् । एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमत मा जोडेर लानु संविधान विपरीत हुने बताएका छन ।
सभामुख बाबुराम गौतमले भने आफूले निकास दिन बाध्य भएको बताएका छन । सभामुख समेतलाई विवादमा तानेर सरकार बनाए पनि गठबन्धनको सरकार कति दिन टिक्ला भन्ने संशय भने कायमै रहेको छ ।
