कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

२२ असार २०८०, शुक्रबार १०:४३

विराटनगर, २२ असार– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।

आजै थापाले सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ ।

माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ ।