२०७९ को एस ई.ई. मा अर्घाखाँचीबाट करन भुसाल बने नेपाल प्रथम

२१ असार २०८०, बिहीबार २३:००

२०७९ साालको एस ई.ई. मा अर्घाखाँचीबाट करन भुसाल नेपाल प्रथम भएका छन् ।

करनले गौरीशंकर इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्क १ अर्घाखाँचीबाट २०७९ सालको एस.ई.ई मा सहभागी भई ४.०० जिपिए ल्याई नेपाल प्रथम भएका हुन् ।

आज (बिहीबार) दिउँसो २०७९ सालको एस. ई.ई. को नतिजा सार्वजनिक भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ ।