कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका थापाको दाबी पेश

२१ असार २०८०, बिहीबार १७:३०

काठमाण्डौ,२१ असार– कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन । आज बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुखसहित ४७ सांसदले थापाले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् ।

थापालाई नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले सर्मथन गरेका छन । माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएपछि थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।