माओवादी केन्द्रको प्रष्टीकरण– प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन

२१ असार २०८०, बिहीबार १५:०५

काठमाण्डौ,२१ असार– नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन ।

आज बिहिबार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिने उनले बताएका छन ।

तर, प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान राखेको छ । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो ।

अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’ मिटरव्याजपीडित र भ्रष्टाचारविरुद्ध सरकार उभिएपछि एमालेले प्रधानमन्रीि को राजीनामा मागेको उनले आरोप लगाएका छन । प्रधानमन्त्रीले सदनमा आफ्नो कुरा नराखी सदन अवरोध गर्नु ठीक नभएको पनि उनले बताएका छन ।