काठमाण्डौ,२१ असार– माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षाफल केहीबेरमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारी गरेका छन । यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने भएको छ । बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो ।
उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड ९एनजी० लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।
त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा उल्लेख छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन ९ग्रेडिङ० विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।
