काठमाण्डौ,२१ असार– प्रहरीले धनगढीबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसी रहेका छन ।
धनगढी उपमहानगरपलिका–३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले जानकारी दिएका छन ।
यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागुऔषध ९खैरो हेरोईन० सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
